आज प्रधानन्यायाधीश राणाले सपथ लिदै

राजनीति पौष १८ २०७५ ekhabarnepal
46897260869

काठमाडौं पुस १८,
 सर्वोच्च अदालतले आज नयाँ प्रधानन्यायाधीश पाउने भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम हिजो संसदीय सनुवाई समितिले सर्वसम्मत स्वीकृत गरेपछि आज राणाले प्रधानन्यायाधीशका रुपमा सपथ लिदै हुनुहुन्छ ।

न्यायलयको सर्वोच्च पदमा राणाको कार्यकाल चार वर्षको हुनेछ । २०७९ मङ्सिर २८ गतेसम्म उहाको कार्यकाल हुनेछ । उमेर हदको अनिवार्य अवकाश बाहेक प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था छ ।

पछिल्लो २३ वर्षयता सबैभन्दा लामो कार्यकाल भएका प्रधानन्यायाधीशका रूपमा राणाले न्यायालयको नेतृत्व गर्दै हुनुहुन्छ । यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले २०४८ देखि २०५२ सालसम्म करिब चार वर्षको कार्यकाल पूरा गर्नुभएको थियो । प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि राणाले न्यायालय सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top