चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बन्ने पक्का  

राजनीति पौष १७ २०७५ ekhabarnepal
Cholendra shamsher rana



काठमाडौँ,पुस १७  
चोलेन्द्र शम्शेर जबरा नयाँ प्रधानन्यायाधीश बन्ने पक्का भएको छ । संदीय सुनुवाई विशेष समितिले प्रधान न्यायाधीशमा जबराको नाम स्वीकृत गरेको हो।

उनीमाथि परेका उजुरीका बारेमा सुनुवाई गरेपछि समितिले मंगलबार उनको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको हो । जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो । अब उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नाम अनुमोदन गर्ने कार्यक्रम छ ।

सुनुवाईको क्रममा जबराले आफूविरुद्ध परेका उजुरी र प्रश्नबारे सुनुवाई समितिको बैठकमा जवाफ दिए । उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका थिए । मंगलबार बसेको बैठकमा राणाले आफूविरुद्ध परेका उजुरी र सोधिएका प्रश्नहरुको जवाफ दिएका हुन् । समितिमा उनलाई कान्तिपुर पत्रिकाविरुद्ध परेको अवहेलना मुद्दा बहिस्कार गरेको आरोप थियो । उक्त विषयमा जवाफ दिँदै राणाले आफूले इजलास बहिस्कार गरेको नभई न्यायालयको गरिमा जोगाउन छोडेर हिँडेको जवाफ दिए ।

उनले गोपाल पराजुलीले साउन २३ गते नै अवकास पाइसकेकोले उक्त मुद्दामा थप सुनुवाई गर्न आवश्यक नदेखेकोले आफूले उक्त निर्णय गरेको बताए । उनले इजलास छोडेको विषयलाई सञ्चार माध्यमहरुले बहिस्कार भनेर अनावश्यक प्रचार गरेको बताए ।

गोपाल पराजुलीले चारवटा जन्ममिति रहेका नक्कली कागजातहरु पेश गरेको समाचार प्रकाशन भएपछि कान्तिपुरविरुद्ध अवहेलना मुद्दा परेको थियो । यस्तै राणाले वीरगञ्जमा छपकैया पोखरी व्यक्तिका नाममा रहने भनि गरेको फैसलाबारे पनि प्रश्न उठेको थियो । त्यसको जवाफ दिँदै राणाले आवश्यक प्रमाणका आधारमा आफूले उक्त फैसला गरेको बताए ।

अब सुनुवाई समितिले राणाको नाम अनुमोदन गरेमा उनी प्रधान न्यायाधीश बन्ने छन्। राणालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।

यसअघि, संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top