बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै 'सन्दीप लामिछाने'

खेल पौष १७ २०७५ ekhabarnepal
Sandip 168953096396

काठमाडौं पुस १७,
 नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् ।

नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससंग प्रतिस्पर्धा गर्न लागेको हो ।यसअघिका तीन खेल खेलिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top