शहीद स्मारक ए डिभिजन लिग: आज विभागीय डर्बीमा 'नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै'

खेल पौष १७ २०७५ ekhabarnepal
6847905 978

काठमाडौं पौष १७,
 शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दैछन्।

  एपीएफको घरेलु मैदानमा आज दिउँसो साढे २ बजे हुने खेलमा यी दुईबीचको खेल महत्त्वपूर्ण हुने छन्। नेपाल प्रहरीले एपीएफलाई हराए तालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरी घटाउने छ।  थ्रीस्टारको २३ अंक छ भने पाँचौ स्थानमा रहेको नेपाल प्रहरीको १८ अंक छ। आजको खेलमा विजयी भए उसले नेपाल आर्मीसँग अंक बराबरी गर्नेछ। त्यस्तै तालिकाको सातौँ स्थानमा रहेको एपीएफको भने १७ अंक छ।

 उसले आजको खेल जिते २० अंकसहित पाँचौँ स्थानमा हुनेछ।  त्यस्तै आजै हुने अर्को खेलमा च्यासल युवा क्लब र सरस्वती क्लब आमनेसामने हुने छन्।  १५ अंकसहित तालिकाको आठौँ स्थानमा छ।  च्यासल भने अंकतालिकाको १० औँ स्थानमा छ।  लिग चरणमा भोली भने उपाधि विजेता मनाङ र हिमालयन शेर्पा क्लब आमनेसामने हुने छन् भने दोस्रो स्थानको दौडमा रहेका थ्रीस्टार र संकटा भिड्नेछन्।
 

 

प्राप्त प्रतिकृयाहरू

To Top