भारतीय 'अभिनेता कादर खान'को निधन

मनोरञ्जन पौष १७ २०७५ ekhabarnepal
9056824968kedar khan

काठमाडौं पुस १७,
  प्रसिद्ध भारतीय अभिनेता कादर खानको  निधन भएको छ । ८१ बर्षको उमेरमा उपचारको क्रममा खानको क्यानडामा धन भएको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले  उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ ।खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेपनि त्यसको पुष्टि भएको थिएन ।

खानको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ । उनी चार महिनादेखि क्यानडामा उपचाररत थिए ।   ८१ बर्षिय खान सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए । अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म दाग बाट फिल्मी दुनियाँमा प्रवेश गरेका थिए ।खानले करिब ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । कादरखानले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top