घुस लिएको अभियोगमा खरिदार पोखरेल पक्राउ

समाज पौष १६ २०७५ ekhabarnepal
76458978976

काठमाडौं पुस १६,
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top