कृषिको विकासमा प्रदेश सरकारको सकारात्मकः  कृषि मन्त्री पौडेल

अर्थ पौष १६ २०७५ ekhabarnepal
Paicho

पंैचो पसल प्रा(लि)को चौथो बार्षिक उत्सव तथा कृषि अन्तरक्रिया
गुल्मी (बलेटक्सार), पुस १६।  
बसे पनि सहर गाउकै खाने रहर भन्ने मुल नराका साथमा स्थापना भएको पैचो पसल प्रा (लि) बलेटेक्सार गुल्मीले  स्थापनाको चौथो बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा गुल्मीको  कृषि क्षेत्रको विकासको विषयमा कृषि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै  प्रदेश नम्बर ५, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको हक हितको लागि प्रदेश सरकार जहिले पनि सकारात्मक भएको बताईन् । उनले प्रदेश सरकारले कृषि क्षेत्रको विकासको लागि धेरै कार्यक्रम ल्याएको भन्दै मन्त्री पौडेलले किसानहरुको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको वताउनुभयो । 
उनले भनिन्–प्रदेश सरकार कृषि क्षेत्रको विकासको लागि जहिले पनि तयार रहेको छ  ।’  उँहाले प्रदेश सरकारले पछिल्लो समयमा करार खेती लगायत गरिबी निवारणको लागि अगाडी बढेको भन्दै यसमा सबैको साथ र  सहयोग  भएमा अवस्य पनि सफल हुने बताउनुभयो । गुल्मी  क्षेत्रको कृषिको विकासको लागि प्रदेश सरकारले निश्चित  योजना अगाडी बढाएको भन्दै मन्त्री पौडेलले गुल्मीमा रहेको कफि जोनलाई अहिले सुपरजोनमा  विकास गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा चीनका लागि नेपाली राजदुत लिलामण्ी पौडेलले  किसानले उत्पादन गरेको बस्तु बजारीकरणमा सबैभन्दा बढि समस्या रहेको भन्दै यसमा सरकारी स्तरबाट ध्यान जानुपर्ने बताउनु भयो । उँहाले किसानको विचमा रहेको विचौलियाहरुको अन्त्य  गर्नु आवश्यक  रहेको बताउनुभयो । 
पुर्व मुख्य सचिव समेत रहेका पौडेलले पौडेले किसानले उत्पादन गरेको बस्तु गुणस्तरमा विशेष ध्यान दिनको लागि आग्रह गर्नुभयो ।  उँहाले सरकारले किसानले उत्पादन गरेको मुल्यको न्युनतम सुनिश्चिता आवश्यक रहेको बताउनुभयो । 
यसैविच, पैचो पसल प्रा(लि)ले कृषक पाठशाला सञ्चालन गर्ने भएको छ । आफुले सञ्चालन गर्दै आएको  ४१  वटा कृषि संकलन केन्द्रमा कृषक पठशाला सञ्चालन गर्न लागेको हो  ।  आफ्नै पाठ्यक्रममा आधारित कृषक पाठशाला  सञ्चालन गर्ने  छ । 
पाठशालाका प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री  आरती पौडेलले  शुभारम्भ  गर्नुभयो ।  पैचोले  निर्माण गरेको पाठ्यक्रम विमोचन गरी मन्त्रीले कृषक पाठशालाको सुभारम्भ  गर्नुभयो । किसानहरुलाई कृषि क्षेत्रमा  थप प्रभावकारी बनाउन, किसानहरुको प्राविधिक क्षमता विस्तार गर्नको लागि कृषक पाठशाला सञ्चालन गर्न लागिएको पौचो पसल प्रालीका प्रबन्धक धुव्र न्यौपानले जानकारी दिए । उनका अनुसार कृषि जेटिए, कृषि प्राविधिको रुपमा  नियुक्ति गरी  उनीहरुको माध्यमबाट किसानहरुलाई जनचेतना प्रवाह  गरिने छ । 
कार्यक्रममा पैचो पसल प्रालिका प्रबन्ध धुव न्यौपाने ले कृषिको संभावना, चुनौतिको विषयमा  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार  डि.आर. घिमिरे , नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दिपक ज्ञवाली,  रुरु गाउपालिकाका अध्यक्ष निलकण्ठ गौतम, छत्रकोट गाउपालिकाका अध्यक्ष मधुकृष्ण कण्डेल, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा,  बलेटक्सार उद्योग बाणिज्य संघका अध्यक्ष तोयानाथ भण्डारी, पैचो पसल प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारी , सञ्चालक शरण कर्मचार्य लगायतले बोल्नु भएको थियो । 
विभिन्न विधामा किसानहरु समेत  पुरस्कृत गरिएको थियो । गाउँपालिका भरीबाट गुल्मी दरबार गाउपालिकाबाट डोल बहारदुर रजालीलाई सम्मान गरिएको थियो । तानसेन नगरपालिका बाट शिव भट्राई, छत्रकोट गाउँपालिका बाट लक्ष्मण न्यौपाने, रुरु गाउँपालिकाबाट राम बहादुर नेपाली लाई उत्कृष्ठ कृषकको रुपमा सम्मान गरिएको थियो ।  


 

प्राप्त प्रतिकृयाहरू

To Top