प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना, समता मुलक समाज  एक मात्र लक्ष्य

राजनीति पौष १५ २०७५ ekhabarnepal
Kp oli 2


काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपीशर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको हो ।

प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल,सुखी नेपालीको महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफलपार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यत्तm गर्नुभएको छ ।

प्रधानमन्त्रीले नेपालको विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्वहरु विगतमा धेरै सक्रियभएको बताउँदै तर नेपालीहरु एकताले त्यस्तातत्वहरुको प्रयास सफल हुन नसकेको उल्लेख गर्नुभएको छ । “हामीलामो समय राजनीतिक हकअधिकार प्राप्तीको संघर्ष महोमिनु पर्दा देशले विकासको गतिलिन सकेन ।

जनताले अभाव,अशिक्षा र गरिबी भोग्नु प¥यो,”प्रधानमन्त्रीले भन्नुभएको छ, “मुलत नेपालमा राजनीतिक मुद्याहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्राप्रारम्भ गरेका छौं । सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको छ । समाता मुलक समाज हाम्रो एक मात्र लक्ष्य हो ।”

प्राप्त प्रतिकृयाहरू

To Top