इन्डोनेसियाको सुनामी, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो

विश्व पौष ८ २०७५ ekhabarnepal
Krakatau triggered tsunami

 

पुस ८
सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा ज्यान गुमाउनेको संख्खया ६२ नाघेको छ । अहिलेसम्म कम्तिमा ६२ जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

पानीमुनि पहिरो गएका कारण सुनामी आएको हो । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो।

सुनामीका कारण जाभा र सुमात्रा टापुमा रहेका आइल्याण्डका बासिन्दा प्रभावित भएको छन् । कम्तिमा ५८४ जना घाइते भएका छन् । धेरै मानिस अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएको विपद व्यवस्थापन एजेन्सीले उल्लेख गरेको छ ।

क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि समुद्रमुनि पहिरो गएको हो । शनिबार राति अबेर सुनामी गएको हो । यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका एक लाख २० हजार भन्दा धेरै थिए ।

राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो । अहिलेसम्म उद्धार तथा राहतकर्मी पुग्न नसकेको रोयटर्सले उल्लेख गरेको छ ।

स्थानीय अधिकारीले प्रभावितहरुलाई तत्कालका लागि प्रारम्भीक राहत दिइएको बताएका छन् । तथ्यांक संकलन भइरहेकाले ज्यान गुमाउने, घाइते तथा भौतिक क्षतिको मात्रा बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति ९ बजे ज्वालामुखी बिस्फोट भएको र साढे ९ बजेतिर सुनामी आएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ ।

सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् ।

क्राकातोए ज्वालामुखीबाट निस्कएको लाभा पाँच सय मिटर माथिसम्म गएको थियो । हालैको पूर्णचन्द्रले पनि ज्वालामुखीलाई थप ठूलो बनाउन सहयोग गरेको मौसम विभागले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top