आज नेपाल आइडलको फिनाले हुदै: को बन्ला दोश्रो नेपाल आइडल ?

मनोरञ्जन पौष ६ २०७५ ekhabarnepal
7498676979 nepal idol

काठमाडौं पुस ६,
 यतिबेला सबैलाई चासोको बिषय बनेको छ को बन्ला दोश्रो नेपाल आइडल ?  यो जिज्ञासा र कौतुहलता देश बिदेशमा बस्ने नेपालीहरुमा रहेको छ । आज शुक्रवार नेपाल आइडलको फिनाले हुदैछ । पुल्चोक इन्जिनियरिंग कलेजमा हुने कार्यक्रममा निकै रौनक छुने अपेक्षा सबैले गरेका छन् । नेपाल आइडल फिनालेको तयारीमा रहेको बेला नेपाल आइडल बनाउनको लागि अन्तिम भोटिंग खुल्ला रहेको छ ।

एक हप्ताको लागि खुल्ला गरिएको भोटिंग आज सकिदैछ आज बेलुकी ५ बजे भोटिंग लिने बन्द हुने आयोजकले बताएको छ । अबको प्रतिस्पर्धा पूर्णतया जनताको हातमा रहेकोले पनि नेपाल आइडल को बन्छ भनेर अहिले नै आकलन गर्न सकिने अवस्था भने छैन ।आज बेलुकी सम्म पठाएको भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धी नै नेपाल आइडल बन्ने छ । देशका बिभिन्न ठाँउमा भएको अडिसन देखि लामो यात्रा पार गर्दै जजहरूको निर्णय र जनताले गरेको भोटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका छन । नेपाल आइडलको फिनाले बाट दोस्रो नेपाल आइडल को बन्छ भनेर टुङ्गो समेत लाग्नेछ ।

यस भन्दा पहिले नेपाल आइडलको फर्म्याट अनुसार टप ३ मा पुग्ने प्रतिस्पर्धी नै ग्रान्ड फिनालेमा पुग्ने नियम थियो तर यसपटक टप ४ मा पुगेका चारै जना प्रतिस्पर्धी नै फिनालेमा प्रवेश गरिसकेका छन् । सामाजिक संजाल तिर प्राय अब्तिम ४ मा पुग्दै फिनालेमा पुगेका सबै प्रतिस्पर्धीको बारेमा चर्चा भैरहेको छ । नेपाली सिंगिङ क्षेत्रको चर्चित रियालिटी शो नेपाल आइडल सिजन–२ को फिनाले नजिकिदै गर्दा समर्थकहरूको प्रचार प्रसार तथा प्रतिस्पर्धीको चर्चा समेत बढ्न थालेको छ ।

नेपाल आइडलको बिजेता पाउने तयारिमा रहेको नेपाल आइडलमा बिक्रम बराल , सुमित पाठक, अस्मिता अधिकारी र रबि ओड बाकि रहेका छन्। उनिहरु मध्ये बाट नै एक जना नेपाल आइडल बन्ने छ । यतिबेला आफ्नो फेब्रेट सिंगरलाई नेपाल आइडल बनाउनको लागि देश बिदेशमा रहेका नेपालीहरूले भोटिङ तथा प्रचारप्रसारमा निकै सक्रियता देखाएका छन् । रबि ओड, बिक्रम बराल , सुमित बराल र अस्मिता अधिकारी का समर्थकहरुले देश बिदेशबाट नेपाल आइडल बनाउनको लागि विभिन्न अभियान समेत गरिरहेका छन् । लामो यात्रा पर गरेर फिनाले सम्म पुगेको नेपाल आइडलको बिजेता आज नै घोषित हुने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top