अमेरिकाका म्याटिसले पदबाट अवकास लिदै

विश्व पौष ६ २०७५ ekhabarnepal
6935078 5890

काठमाडौं पुस ६,
अमेरिकाका रक्षामन्त्री जिम म्याटिसले पदबाट अवकास लिने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको भोलीपल्ट नै राष्ट्रपति ट्रम्पले रक्षामन्त्रीको अवकास घोषणा गर्नुभएको हो । आगामी फेब्रुअरीबाट म्याटिसले पद छाड्ने ट्रम्पले स्पष्ट पार्नुभएको छ । उमेरका कारण म्याटिसले राजिनामा दिने ट्रम्पले दाबी गरेपनि वासिङ्टनमा सिरियाबाट सेना फिर्ताको विरोधमा रक्षामन्त्री म्याटिसले राजिनामा दिएको चर्चा रहेको बीबीसीले उल्लेख गरेको छ ।

राजिनामा पत्रमा आफ्ना सहयोगी राष्ट्रहरु सँगको सहकार्य प्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका म्याटिसले सिरियामा सेना खटाएका सहयोगी राष्ट्र तर्फ ईङ्गित गरिएको दाबी छ । सिरियाबाट सैन्य दल फिर्तीको एक्कासीको घोषणा तथा अफगानिस्तानबाट समेत फिर्ताको चर्चाका बीच म्याटिसले राजिनामा दिनुभएको हो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top