बुटवल भैरहवालाई मुलुककै प्रमुख आर्थिक केन्द्र बनाइने 

अर्थ पौष ५ २०७५ ekhabarnepal
Mela


सरकारप्रति तीनकारणले  अविश्वास र आशंका पैदा भएको मुख्यमंत्रीको विष्लेषण
बुटवल, पुस ५ । 
माननीय मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देही व्यापार संघको आयोजनामा यहाँ शुरु भएको लुम्विनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्नुभयो । उहाँले मेलाहरु उद्यमशिलता विकास गर्ने खालका हुनुपर्ने बताउनुभयो ।
उद्यमशिलता विकास गर्ने ढंगले नसोच्ने हो भने व्यापार मेलाले झन परनिर्भर बनाउँदै लैजाने भएकाले उद्यमशिलता विकासमा उहाँको जोड थियो । 
उहाँले केही महिनापछि सञ्चालनमा आउने गौतम बुद्ध विमानस्थल हुँदै आउने पर्यटकले ल्याउने अवसर सबैभन्दा पहिले यहाँका उद्योगी व्यवसायीले लिनसक्नुपर्ने र त्यसका लागि तयारीमा लाग्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो । उहाले बुटवल भैरहवालाई यो प्रदेशको मात्रै नभएर मुलुककै प्रमुख आर्थिक केन्द्र बनाउने गरी सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
मुलुक समृद्ध हुने र यही सरकारले समृद्धिको अभियानलाई सार्थक बनाउने उहाँले बताउनुभयो । उहाँले सरकारप्रति अविश्वास र आशंका पैदा गर्न मुलत ःतीनप्रकारले भइरहेको मुख्यमन्त्री पोखरेलको विश्लेषण छ । पहिलो एकात्मक राज्यसत्ताबाट संघीय राज्य व्यवस्थामा जादा सबैतिर हलचल पैदा भएको,कर्मचारी समायोजनका जटिलाता लगायतका समस्या सतहमा देखा पर्नु त्यसैको कारण भएको उहाँले बताउनुभयो ।
दोश्रो भूराजनीतिको परिप्रेक्ष्यमा परराष्ट नीतिमा कोर्स करेक्सनमा त्यसको असर परेको छ । तेश्रो अवको विश्व आर्थिक केन्द्र एशिया बन्न लागेको र त्यसो हुन नदिन पश्चिमाहरु भारत र चीनलाई हेर्ने र घेर्ने रणनीतिमा लागेकोले त्यसको प्रभाव देखिन थालेको मुख्यमन्त्रीले बताउनुभयो । उहाले सरकारले सबै खालको अविश्वासलाई चिर्दै अघि विश्वासमा बदलेर काम गरिरहेको बताउनुभयो ।
 सपना देखेपछि मात्र सफलता हात लाग्ने उल्लेख गर्दै उहाले बुटवलमा पनि घरघरमा हजारौं केपी ओली जन्मनु पर्ने बताए । सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरे ।
उहाले एक्स्पोमा ऐतिहासिक जीतगढीमा भएको नेपाल अंग्रेज युद्धको झल्को दिने प्रदर्शनले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन योजना बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने कामको लागि सुझाव दिन व्यवसायीहरुलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

बुटवलमा लुम्बिनी एक्सपोको उद्घाटन गर्दै पोखरेलले सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौं ओलीहरु जन्मिनुपर्ने तर्क गरेका हुन् ।

ओलीको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै पोखरेलले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताए ।

आयोजक रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले मेला महोत्सवकै लागि अस्थायी संरचनाका कारण करोडौं खर्च भैरहेको भन्दै स्थायी संरचनाका लागि सबैले पहल गर्न माग गरे।
कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न स्वरा, राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गरे। मेला पुस १८ गते सम्म चल्ने छ ।

स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार , शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ आजबाट बुटवलमा लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेला सुरु भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top