ईपीएलको दोस्रो क्वालिफायर: काठमाडौंद्धारा भैरहवालाई १०१ रनको लक्ष्य प्रस्तुत

खेल पौष ५ २०७५ ekhabarnepal
896756508968 epl

काठमाडौं । काठमाडौं किंग्स ११ ले बिहीवार एभरेस्ट प्रीमियर लिग (ईपीएल) को दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई १०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ईपीएलको दोस्रो क्वालिफायरमा टस हारेको काठमाडौं किङ्स ११ लाई भैरहवा ग्लाडियटर्सले ब्याटिङका लागि निम्त्याएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहन मुस्तफा र अमित श्रेष्ठले पहिलो विकेटका लागि २४ रनको साझेदारी गर्दै काठमाडौंलाई राम्रो सुरूवात दिने प्रयास गरेका थिए । छैटौं ओभरमा शरदले रोहन मुस्तफालाई आउट गरेपछि काठमाडौंले लगातार अर्को दुई विकेट गुमायो । रोहनले ६ रनमात्र जोड्न सके । कुशल मल्लले नरेश बुढायर (२) लाई बोल्ड गरे भने केभिन ओुब्राइनलाई शुुन्यमा आरिफ शेखमार्फत क्याच गराए ।१३ रन बनाएका ओपनर अमित श्रेष्ठ पनि कुशलको बलमा रोहितकुमार पौडेलको हातबाट क्याच भए ।

त्यसपछि प्रदीप साहु र सन्दीप रजाइलीले पाँचौं विकेटका लागि ३३ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ उकास्ने प्रयास गरे । २२ बलमा ३ चौकासहित २५ रन बनाएका प्रदीप साहु आउट भएपछि काठमाडौंको रनको गति धिमा भएको थियो । सोमपाल कामी पनि ८ बलमा ७ रन बनाएर आउट भए । लगत्तै २६ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाएका सन्दीप रन आउट भए । राजु रिजाल मोहम्मद नाभीदको बलमा बोल्ड भए । जितेन्द्र मुखिया रन आउट भए भने सामसद शेखलाई नाभीदले प्रदीप एरिको हातबाट क्याच गरे ।

भैरहवाका कुशलले ३ विकेट लिंदा शरद र अभिनाष बोहराको नाममा १—१ विकेट रह्यो । नाभीदले २ विकेट लिए ।आजको खेलको विजेताले फाइनलमा ललितपुरसँग शनिबार त्रिवि मैदानमै खेल्नेछ । ललितपुरले पहिलो क्वालिफायरमा काठमाडौलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । पराजित हुने टिम ईपीएलबाट बाहिरिनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top