ईपीएलको फाइनलमा ललितपुर र काठमाडौं भिड्दै

खेल पौष ३ २०७५ ekhabarnepal
Epl logo 1udjjtlaic

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (सोमबार) प्लेअफ सुुरु हुँदैछन् । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १ बजे समूह विजेता ललितपुर प्याट्रियोट्स र उपविजेता काठमाडौं किङ्स—११ फाइनलका लागि भिड्दैछन् ।
८ अंकसहित शीर्ष स्थानमा रहेको राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुरले यूएईका कप्तान रोहन मुस्तफाले सम्हालिरहेको काठमाडौंसँग क्वालिफायर खेल्न लागेको हो । यसअघि समूह चरणमा काठमाडौंमाथि १० विकेटको जित हात पारेको ललितपुरका कप्तान मल्लले प्लेअफमा यसअघिको नतिजा दोहोर्याउने बताएका छन् । यसअघिको खेलमा काठमाडौंको कप्तानी केभिन ओब्राइनले सम्हालेका थिए भने आजको खेलमा सोमपाल मैदान नछिरे रोहन मुस्तफाले सम्हाल्नेछन् । मुस्तफाले ललितपुरसँगको यसअघिको नतिजामा सुधार ल्याउने बताए ।


टिम कप्तान सोमपाल कामी पहिलो खेलमा घाइते भएपछि समूह चरणका अन्य खेलमा पवेलियनमै रहे । तर, प्लेअफ चरणको खेलमा खेल्न सक्ने रोहन मुस्तफाले बताएका छन् । यसैगरी उनले सोमपाल नेपाली टोलीको मुुख्य खेलाडी भएकाले पनि उनलाई ईपीएलमा चोट राम्रोसँग ठिक नहुँदै खेल्न दबाब दिन नमिल्ने बताएका छन् ।आजको खेलमा जित निकाल्ने टिमले शनिबारको फाइनलको यात्रा तय गर्नेछ भने पराजित टिमले बिहीबार प्लेअफ खेल्नेछ । ईपीएलको विजेताले पुरस्कार स्वरुप २५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top