वुटवल बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न

खेल पौष ३ २०७५ ekhabarnepal
Butwal multiple campus footballl pic

 

सबिता टण्डन
पौष २ , वुटवल
पश्चिमाञ्चल क्षेत्रकै दास्रो ठूलो आंगिक क्याम्पस वुटवल बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फटवल प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसले ४६ औँ स्थापना दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमको छैटौँ दिन सो प्रतियोगिता गरेको हो । 
क्याम्पस प्राङ्गणमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिता प्रध्यापक, कर्मचारी र विद्यार्थी संगठन विच भएको सप्ताहाव्यापी कार्यक्रमका मूल संयोजक क्याम्पस सहायक प्रमुख प्रकाश पौडेलले बताए । 
क्याम्पस कमिटी अनेरास्ववियुको सम्योजनमा भएको मैत्रीपूर्ण फुटवल खेलमा विद्यार्थी संगठनलाई  शुन्यका विरुद्ध २ गोल हान्दै प्रध्यापक कर्मचारी विजय भएको थियो । 
खेलमा प्रध्यापक कर्मचारी टिमका वैकुण्ठ पाण्डेले १ गोल र अर्का सो टिमकै योगेन्द्र प्रधानले  १ गोल गरी २ गोल हानेका थिए । विद्यार्थी तर्फबाट गोबिन्द रिजालको कप्तानी र प्रध्यापक कर्मचारी बाट नुरजङ केशीले कप्तानी गरेका थिए ।
मैत्रीपूर्ण फुटवल प्रतियोगिताको संयोजक क्याम्पस कमिटी अनेरास्ववियु अध्यक्ष भरत अर्यालको अध्यक्षयतामा भएको खेलमा वुटवल बहुमुखी क्याम्पस प्रमुख डा. शशिशरण सुवेदी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको  सञ्चालन क्याम्पस कमिटी अनेरास्ववियु सचिब कुशलदिप क्षेत्रीले गरेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top