ईपीएल: चितवनको पहिलो जित 

खेल मंसिर २८ २०७५ ekhabarnepal
Epl87935870935739 citwan

काठमाडौं मंसिर २८,

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा साविकको विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै चितवन टाइगर्सले पहिलो जित निकालेको छ ।

त्रिवि मैदान किर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै चितवनले पहिलो जित निकाल्न सफल भएको हो ।चितवनले दिएको १९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन बनाउन स फल भयो । विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले ९० रनको अर्धशतकीय इनिङस खेले ।

आक्रामक ब्याटिङ गरेका बाबरले ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरे । यस्तै आसिफ शेखले ३० रन जोड्दा कप्तान पारस खड्काले १९ रन मात्रै जोडन सके ।चितवनका ललित सिंह भण्डारी र सागर ढकालले ३३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । चितवनका लागि इंग्लिश ब्याट्सम्यान जोन सिमप्सनले ७८ रनको अर्धशतकीय इनिङस खेले । यस्तै दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ओपनर सन्दीप सुनारले ३० रन बनाए ।जर्ज स्कट २४ रनमा अविजित रहदा पाउल स्टर्लिङले १५ रन जोडन सफल भए । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले एक एक विकेट लिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top