समूदायको हक,अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्दै -अध्यक्ष प्रचण्ड 

राजनीति मंसिर २७ २०७५ ekhabarnepal
890 78

काठमाडौं मङसिर २७, 
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्दै अघि बढने बताउनु भएको छ ।

सत्तारुढ राष्ट्रिय जनता पार्र्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताईरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।उहाँले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

बिहिबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढन पनि सम्बन्धित पक्षलाई आह्वान गर्नु भयो ।अध्यक्ष दाहालले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दावी पनि गर्नु भयो ।त्यस अवसरमा अध्यक्ष दाहालले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिनु भयो । 

प्राप्त प्रतिकृयाहरू

To Top