ट्रम्पका पूर्व वकिल माइकललाई ३ वर्षको कैद सजाय, उनले भने-"ट्रम्पको भक्त रहनु मेरो कमजोरी रह्यो"

विश्व मंसिर २७ २०७५ ekhabarnepal
Trump fixer%e2%80%99s749286724896

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई अदालतले ३६ महिनाको जेल सजाय सुनाइएपछि उनले आफ्ना पूर्व हाकिमका "खराब कार्यहरू"को आलोचना गरेका छन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा आरोपित रुसी हस्तक्षेपबारे जारी अनुसन्धानका क्रममा जेल पुग्ने कोहेन राष्ट्रपति ट्रम्पको भित्री समूहका पहिलो सदस्य हुन्।उनले कंग्रेसलाई झूट बोलेको, चुनावी अभियानमा आर्थिक हिनामिना गरेको र करछली गरेको आरोपहरू स्विकारेका छन्।न्यूयोर्कको अदालतमा ५२ वर्षीय कोहेनले आफ्ना सम्पूर्ण अपराधहरूका लागि राष्ट्रपति "ट्रम्प जिम्मेवार" भएको आरोप लगाएका छन्।

अपमानित महसुस गर्दै कोहेनले बुधवार न्यायाधीश विलियम पाउलेलाई ट्रम्पले उनलाई "उज्यालोतर्फ नभई अँध्यारोतर्फको बाटोमा" धेकेलेको बताएका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रतिको "भक्ति आफ्नो कमजोरी" रहेको र उनका हरेक गलत क्रियाकलापको ढाकछोप आफ्नो कर्तव्य सम्झेको कोहेनले अदालतमा बताएका छन्।कोहेनलाई मार्च ६ तारिख सम्ममा न्यूयोर्कको ओटिस्भिल कारागारमा उपस्थित हुन भनिएको छ।

जेल सजायसँगै उनलाई २० लाख डलर बराबरको आर्थिक जरिवाना तिर्न अदालतले आदेश दिएको छ।अदालतबाट निस्किँदै गर्दा कोहेनले पत्रकारहरूसँग कुरा गर्न मानेनन्।ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले त्यस विषयमा पत्रकारहरूले राखेको जिज्ञासाप्रति कुनै प्रतिकृया दिएनन्। 

प्राप्त प्रतिकृयाहरू

To Top