प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस 

राजनीति मंसिर २७ २०७५ ekhabarnepal
 9u35635uoshi

काठमाडौं मंसिर २७, 
 संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो । अव उनको नाम संसदीय सुनुवाई समितिले पारित गरेपछि राष्टपतिले प्रमाणीकरण गर्ने प्राव्धान रहेको छ ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि  ५ पटक स्थगित भइसकेको संवैधानिक परिषद बिहान ९ बजे बोलाइएको बैठक आज एक घण्टा ढिलो शुरु भएको थियो ।बुधबार बिहान ९ बजेको बैठकमा ढिला खबर भएको भन्दै देउवा नगएपछि अन्य सदस्यबीच छलफल भएर विहीबारका लागि सारिएको थियो । देउवा आज  सहभागी नभए प्रधानन्यायाधीशको नाम बहुमतका आधारमा सिफारिस गरिने परिषद स्रोतले जनाएको थियो ।यो साता पटक–पटक बोलाइएका बैठकमा देउवा उपस्थित नभएपछि बहुमतका आधारमा प्रधानन्यायाधीशको सिफारिस गर्न सकिने सुझाव प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई निकटस्थ कानूनविदहरुले दिएका थिए ।

आगामी पुस १७ गते प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउँँदैछन् । आज पनि संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीश सिफारिस नगरेमा संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा पुस १७ सम्म पुग्ने र त्यसपछि दीपकराज जोशीलाई पुनः कामु प्रधानन्यायाधीश हुने बाटो खुल्ने छ । यसअघि नै संसदीय सुनुवाइबाट जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top