'मंगल ग्रहमा भएको हावा'पहिलो पटक सुन्दा वैज्ञानिकहरु उत्साहित    

विश्व मंसिर २६ २०७५ ekhabarnepal
896789246

अमेरिकी अन्तरिक्ष नियोग नासाको ‘इन्साइट ल्याण्डर’ ले मंगल ग्रहमा हावा भएको पुष्टि गरेको छ । ल्याण्डरले त्यहाँ हावा बहेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको छ । यो आवाज सुनेर वैज्ञानिकहरु उत्साहित छन् । उनीहरुले मंगल सतहमा भएको हावालाई पहिलो पटक सुनेको दाबी गरेका छन् ।

‘इन्साइट’को सेन्सरले उत्तर–पश्चिमदेखि दक्षिण पूर्वसम्म १० देखि १५ माइल प्रतिघन्टाको गतिमा हावा चलेको रेकर्ड गरेको हो । हावाको यो आवाज मानिसले सुन्न सक्ने ध्वनीको क्षमताभित्रै पर्छ । यो सफलताप्रति बेलायतको लन्डनस्थित इम्पेरियल कलेजका अन्तरिक्षविद् तथा प्रमुख अनुशन्धानकर्ताले भने,‘इन्साइडरले पठाएको आवाज कुनै झन्डा फहराउँदा निस्किने आवाजसँग मिल्दो छ । ’

इन्साइटले कैद गरेको मंगल रहेको हावालाई नासाको वेबसाइटमा सुन्न सकिन्छ । डिसेम्बर १ मा हावाका कारण उत्पन्न भएको तरंगलाई इन्साइटले कैद गरेको हो ।क्यालिफोर्नियाको प्यासाडेनास्थित नासाको जेट प्रोपल्सन ल्याबोरेटरी(जीपीएल) मा कार्यरत इन्साइटका प्रमुख शोधकर्ता ब्रुस ब्यानर्डटले भने,‘मंगल ग्रहमा रहेको हावाको आवाज रेकर्ड गर्नेबारे हामीले सोचेका थिएनौँ । तर मंगलमा भइरहेको गतिविधिलाई नियाल्ने उद्देश्य चाही यो मिसनको हो । ल्यान्डरले हावा कैद गरेकोमा हामी अति उत्साहित भएका छौँ ।’सन् २००४ मा मंगल ग्रहमा जमिन रहेको पुष्टि गर्ने ‘क्युरिओसिटी मिसन’ कै नजिक ‘इन्साइट’ को अवतरण भएको छ । उक्त क्षेत्रलाई ‘इलाइसियम प्लानिटिया’ नाम दिइएको छ । मंगल ग्रह मिसन अन्तर्गत सन् १९७६ मा ‘भाईकिङ १’ र ‘भाइकिङ–२’ ल्यान्डर मंगलमा पुगेको थियो ।

त्यस्ताका यी ल्याण्डरहरुले पनि मंगल ग्रहमा हावा रहेको संकेत गरेको थियो ।
त्यसको एक वर्षपछि सन् १९९७ मा ‘पाथपाइन्डर’ मंगलमा पुगेको थियो । मिसनको सबैभन्दा व्यस्त वर्ष चाही सन् २००४ रहयो । त्यो वर्ष ‘अपरच्युनिटी’, ‘क्युरिओसिटी’ र ‘स्प्रिट’ गरी तीन वटा यान अवतरण गराइएको थियो । सन् २००८ मा ‘फोनिक्स’पछि इन्साइटको अवतरण भएको हो ।‘इन्साइट’लाई अघिल्लो महिना मात्रै मंगल ग्रहमा पढाइएको थियो । मंगलको भित्रको अध्ययन गर्नका लागि यो त्यहाँ पठाइएको हो । यसमा भूकम्पबारे थाहा पाउनका लागि र अन्य ग्रहको माथिल्लो सतहबाट निस्कने तापको अध्ययन गर्न पनि ‘इन्साइट’ कोशेढुंगा सावित हुने दाबी नासाका अनुशन्धानकर्ताहरुको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top