रामको जन्ती बनेर उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै

समाज मंसिर २५ २०७५ ekhabarnepal
652078 cm yogi pti

जनकपुर,मंसिर २५

बुधबार हुने विवाहपञ्‍चमी समारोहमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथ आफ्‍नै निजी विमानबाट जनकपुर आउने भएका छन्। उनी बुधबार बिहान १० बजे जनकपुर आउन लागेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।
उनी रामको जन्ती बनेर जनकपुर आउन लागेका हुन्।

साढे १० निजी विमानबाट जनकपुर आइपुग्ने योगीले सर्वप्रथम जानकी मन्दिर पुगेर आधा घण्टा जति पूजा गर्ने कार्यक्रम छ, त्यसपछि सबै मन्त्रालयहरु रहेको ‘मधेश भवन’ जाने कार्यक्रम रहेको जनाइएको छ।

योगीको मधेशभवनमा मिथिला संस्कृति अनुसार स्वागत गरिने साथै योगीसाथै आएका साधुसन्तहरुलाई दिवाभोजमा सहभागी गराउने कार्यक्रम रहेको छ।

 यसवर्षदेखि प्रदेश सरकारले भव्यताका साथ विवाहपञ्चमी मनाउने निर्णय गरेको छ भने यही अवसरमा मित्रराष्ट्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउन लागेका हुन्।
जनकपुरको ‘अतिथि देवो भवः’ संस्कार अनुसार अतिथिलाई आदर सत्कार गर्न ९० प्रतिशत तयारी भइसकेको र बाँकी १० प्रतिशत तयारी मंगलबार रातिसम्म पूरा हुने कानुन तथा गृहमन्त्री यादवले बताए।

बुधबार १० बजे जनकपुर विमानस्थलमा आइपुग्ने योगीलाई सुरक्षा दिन प्रदेश २ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। योगीको सुरक्षाका लागी २५ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी परिचानल गरिएको छ। ३ सय सैनिक परिचालन गरिएको छ र २ सय ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको गृहमन्त्री यादवले जनाएका छन्।

यस्तै नगरको ठाउँ ठाउँमा सिसिटीभी क्यामेरा जडान गरिएको र २ वटा ड्रोन क्यामेराले पनि गतिविधि निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए।


साढे १० जनकपुर पुग्ने योगीले सर्वप्रथम जानकी मन्दिर पुगेर आधा घण्टा जति पूजा गर्ने कार्यक्रम छ, त्यसपछि सबै मन्त्रालयहरु रहेको ‘मधेश भवन’ जाने कार्यक्रम रहेको जनाइएको छ।

योगीको मधेशभवनमा मिथिला संस्कृति अनुसार स्वागत गरिने साथै योगीसाथै आएका साधुसन्तहरुलाई दिवाभोजमा सहभागी गराउने कार्यक्रम रहेको छ।

मिथिलाको ५६ प्रकारको भोजन गराइसकेपछि योगीको ऐतिहासिक बाह्रविघा गई स्वंयम्वर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।  स्वयंबर कार्यक्रममा सहभागी भएपछि योगी दिउँसो साढे तीन बजे निजी बिमानबाट लखनउ फर्कने कार्यक्रम छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top