चार वर्ष भित्र चुनावमा गरिएको प्रतिवद्धता पूरा गर्नेछौं- अध्यक्ष प्रचण्ड 

राजनीति मंसिर २१ २०७५ ekhabarnepal
9786578936879

काठमाडौं मङसिर २१, 
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको बचाउ गर्नु भएको छ ।

जनअपेक्षा अनुसार काम नभएको दावी गर्दै आलोचना भईरहँदा अध्यक्ष दाहालले नौं महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्वको कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गर्नु भएको हो ।उहाँले अव सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावी समेत गर्नु भयो ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा संचालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै त्यतापट्टि ध्यान दिन पनि उहाँले सरकारको आलोचकहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता चार वर्ष भित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पार्नु भयो । सरकारले धेरै ठूलो काम गरिरहे पनि त्यतातिर ध्यान पुग्न नसकेको अध्यक्ष दाहालको भनाई छ ।अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अव त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गर्नु भयो ।

उहाँले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारी पाउने नागरिकको हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकार प्राप्त नभए न्यायको खोजीमा अदालत जाने पाउने व्यवस्था ऐनमै गरिएको पनि स्मरण गराउनु भयो ।अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको पनि बताउनु भयो । 

प्राप्त प्रतिकृयाहरू

To Top