महाकवि देवकोटाको घरमा संग्रहालय र पुल्चोक मन्त्री क्वाटरमा आवास गृह बनाइने 

राजनीति मंसिर २० २०७५ ekhabarnepal
Images cms image 000063069

 

काठमाडौँ मंसिर २०

सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ।

मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको हो।

बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसको जानकारी दिएका हुन्।

गत लक्ष्मीप्रसाद जन्म जयन्तिका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीको सोही पस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

पत्रकार सम्मेलन मन्त्री बास्कोटाले संग्रहालय बनाउने विषयमा देवकोटाको परिपवारसँग छलफल चलिरहेको र छलफल सकरात्मक दिशामा अगाडि बढिरहेको जानकारी दिए। ‘परिवारसँगको छलफल सकरात्मक दिशामा अगाडि बढेको छ’, मन्त्री बास्कोटाले भने ।

मैतिदेवीस्थित महाकवि देवकोटाको जीर्ण घरलाई संग्रहालय बनाउने तयारीमा सरकार रहेको छ।

मन्त्री क्वाटर भैंसेपाटी, पुल्चोकमा आवास गृह

सरकारले हाल पुल्चोकमा रहेको मन्त्री निवासलाई ललितपुरकै भैंसेपार्टीमा सार्ने निर्णय गरेको छ।
   
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित त्रिकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरुको आवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेको बताए।

उनले हाल मन्त्री निवास रहेको पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका लागि १० वटा आधुनिक गेस्ट हाउस बनाउने निर्णय गरेको छ।

यही मंसिर १७ गते बसेको मन्त्रिपरिषदको बैठकले मन्त्री निवास सार्ने र उक्त स्थानमा १० वटा आधुनिक स्टेट गेस्ट हाउस बनाउने निर्णय गरेको हो।

 
 

प्राप्त प्रतिकृयाहरू

To Top