हुवावेका ग्लोबल चिफ फाइनान्सीयल अफिसर क्यानडामा पक्राउ

विश्व मंसिर २० २०७५ ekhabarnepal
Pakrau10798 6

एजेन्सी। ओटावा २०,
  मंसिर क्यानडाले टेलिकम्युनिकेसन कम्पनी हुवावेका ग्लोबल चिफ फाइनान्सीयल अफिसर मेङ वान्झूलाई भ्यान्कुभरमा पक्राउ गरेको छ । इरानमाथि अमेरिकाले गरेको नाकाबन्दीको उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको र अमेरिकालाई सुपुर्दगी गर्ने सम्भावना रहेको क्यानडाका आधिकारीहरुले बताएका छन् ।

उनी हुवावेका संस्थापक चिनियाँ नागरिक रेन झेनफेइकी छोरीपनि हुन् । उनलाई भोलि शुक्रबार अदालत समक्ष पेश गरिने बताइएको छ । हुवावेलाई विश्वकै दोस्रो ठूलो टेलिकम्युनिकेसन नेटवर्क इक्विपमेन्टको उत्पादक कम्पनीका रुपमा चिनिन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top