सुशासन अवार्डमा सवा करोड थपेर नयाँ कोष गठन गर्दैछ सरकार

राजनीति मंसिर १८ २०७५ ekhabarnepal
Pm oli awarded 8635989

काठमाडौं मंसिर १८ ,
 सरकारले एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेकोबताइन्छ  । 

युनिभर्सल पीस फेडरेशन नामक संस्थाले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताउनुभएको थियो । 

प्रधानमन्त्रीकै चाहना अनुसार थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको अलग्गै कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न लागिएको हो ।   यसैबीच मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत गरेको बताइन्छ । 

प्राप्त प्रतिकृयाहरू

To Top