आजदेखि सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौँ चरणका खेल हुँदै 

खेल मंसिर १८ २०७५ ekhabarnepal
87588 khel

काठमाडौँ मङ्सिर १८,
 सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् । मंगलबार हुने दुई खेल मध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिम खेल्नेछन् । एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ ।

सातदोबाटोको एन्फा कम्पलेक्समा हुने खेलमा एनआरटी लिगमा पहिलो जितको खोजिमा रहनेछ भने यस अघिको खेलमा थ्रीस्टारसँग पराजय ब्यहोरेको एपीएफको लक्ष्य तीन अकं जोड्नु हुनेछ ।दोस्रो खेलमा तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल पुलिस र सरस्वती क्लब खेल्नेछ ।

नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै १० अंक जोडेको छ भने सरस्वतीले भने ३ खेलमा हार २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ ।अहिलेसम्म छैठौँ चरण सम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने पहिलो खेलमा बराबरी र चार वटै खेलमा जित दर्ता गरेको आर्मी भने १३ अंक सहित दोस्रो स्थानमा छ । 

प्राप्त प्रतिकृयाहरू

To Top