मिस वर्ल्ड २०१८:हेड टु हेड च्यालेञ्जको दोश्रो राउण्डमा सिंगापुरसँग'श्रृंखला पराजित'

मनोरञ्जन मंसिर १६ २०७५ ekhabarnepal
90746 784689

काठमाडौं मङसिर १६, 
 मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागि भइरहेकी छिन् । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् ।

उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ । 

प्राप्त प्रतिकृयाहरू

To Top