एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी 'काङ्ग्रेस':सभापति  देउवा

राजनीति मंसिर १४ २०७५ ekhabarnepal
Sher bdr 968356776

काठमाडौँ, रासस । 
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् । 

इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताए । काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उनले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए । 

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा समसामयिक विषयका विभिन्न विषयमाथि छलफल हुने बताइएको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top