क्याम्बोडियाका प्रधानमन्त्री 'हुन सेन आज काठमाडौंमा': रक्षामन्त्रीद्धारा स्वागत   

राजनीति मंसिर १३ २०७५ ekhabarnepal
7680576908

काठमाडौं । भोलि (शुक्रबार) देखि हुन लागेको एसिया प्यासिफिक समिटमा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विमानस्थलबाट सेन सोल्टी होटल प्रस्थान गरे। सेनको सवारीका क्रममा सडक पूरै खाली गराइएको थियो ।  अन्य अतिथीहरु पनि आज काठमाडौं आउने कार्यक्रम रहेको छ ।

विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउन लागेकोले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विहीबार बिहानैदेखि उच्चस्तरीय प्रतिनिधिमण्डलको यात्रामार्गमा पर्ने सडकका आसपासमा प्रहरीहरु खटाइएका छन् । आजदेखि नै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएकोले सडकमा सवारी साधनको संख्या केही पातलो रहेको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top