खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट

विश्व मंसिर १२ २०७५ ekhabarnepal
890 90 bisport

काठमाडौँ, १२ मङ्सिर

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलको तयारी भइरहेका बेला रंगशालामा बम बिस्फोट भएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति नेदरल्याण्डसको क्लब अजाक्स र ग्रिसको क्लब एकेइ एथेन्सबिचको खेलको क्रममा बम बिस्फोट भएको हो भने प्रहरीसँग समर्थकको झडप पनि भएको छ ।  एकेइको मैदानमा भएको खेलमा अवे मैदानमा भएको खेलमा हेर्न आएका अजाक्सका समर्थक रहेको क्षेत्रमा एकेइका समर्थकले ज्वलनशील पदार्थ तथा पेट्रोल बम प्रहार गरेका हुन् ।

त्यसपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थानीय प्रहरीले अजाक्सका समर्थकलाई नै कुटेको तस्बिरहरुमा देखिएको छ । प्रहरीको कुटाइबाट अजाक्सका केही समर्थक घाइते भएका छन् । अजाक्सका डिफेन्डर माथेस डी लिग्टले आफ्ना समर्थकलाई शान्त रहन आग्रह गरेको पनि देखिएको छ ।खेल सुरु हुनुभन्दा केही अघि मात्रै बम विस्फोट भएको हो । त्यसपछि केही ढिला सुरु भएको खेलको दोस्रो हाफमा पनि केहीबेर मसर्थकले ज्वलनशील पदार्थ फालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।  खेलमा अजाक्सले २–० को जित निकाल्यो र अन्तिम १६ मा स्थान बनायो । तर यो खेलमा जित भन्दा पनि आफ्ना समर्थकमाथि भएको आक्रमणले अजाक्स स्तब्ध बन्यो ।

प्राप्त प्रतिकृयाहरू

To Top