प्रधानमन्त्रीद्धारा'सामाजिक सुरक्षा योजना'को औपचारिक शुभारम्भ 

राजनीति मंसिर ११ २०७५ ekhabarnepal
8960897

काठमाडौं मंसिर ११,

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ भएको छ । 

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर योजनाको औपचारिक शुभारम्भ गर्नु भएको हो ।  यस घि सरकारी सेवामा रहेकाले मात्र पेन्सन वा उपदान पाउने भए पनि अन्य श्रमिकले यस्तो सेवा पाउनबाट बन्चित हुँदै आएका थिए । अब भने निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि सामाजिक सुरक्षा भक्ता पाउने व्यवस्था ल्याइएको हो । सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अब यो व्यवस्था गरेको हो । 
सामाजिक सुरक्षा कोषमा योगदान गरेको आधारमा श्रमिकले उपदान लिने कि पेन्सन लिने भनेर आफैंले छान्न सक्ने छन् । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयमले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिन सक्ने व्यवस्था गरिएको छ । पेन्सन योजना आउँदो २०७६ साउन १ गतेपछि मात्रै लागू हुने छ ।  प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मन्त्रालयका मन्त्री, प्रतिनिधिसभाका सभामुख, विभिन्न श्रमिक संगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top