चौथो खेलमा लय लिन नसकेका सन्दीप लामिछाने 

खेल मंसिर ११ २०७५ ekhabarnepal
752087199sandeep 7568957

काठमाडौं मंसिर ११, 
 यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा लय लिन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिँदासमेत विकेट हात पार्न असफल भएका हुन् । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीप चौथो खेलमा नचलेपछि उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित हुन पुग्यो ।

केरलाले रन पछ्याउने क्रममा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी १ रनमा नट आउट रहे । केरलाका क्रिस गेलले ३५ रन जोड्दा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन नै गरेनन् । 

प्राप्त प्रतिकृयाहरू

To Top