भारतका प्रसिद्ध 'तबला बादक उस्ताद जाकिर हुसैन नेपाल आउँदै'

विश्व मंसिर १० २०७५ ekhabarnepal
98698 hausan

काठमाडौं । भारतका प्रसिद्ध तबला बादक उस्ताद जाकिर हुसैन एक कार्यक्रमका लागि नेपाल आउने भएका छन् ।

नेपालस्थित भारतीय दूतावासले भोलि (मंगलबार) आयोजना गर्न लागेको कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा भारतीय राजदूत मन्जिवसिंह पुरीले यसको जानकारी दिए । राजदूत पुरीले खासगरी तबला र मादलमा विषेश रुची राख्नेहरुको लागि दूतावासले सांगीतिक सन्ध्या कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

कार्यक्रम मंगलबार साँझ ६ बजेदेखि लैनचौरस्थित भारतीय दूतावासमा हुनेछ ।सन् १९५१ मार्चमा भारतको मुम्बईमा जन्मेका उस्ताद हुसैनले १२ वर्षको उमेरदेखि नै तबलामा आफ्नो कला देखाउन थालेका थिए । उनी पद्मश्री, पद्मभूषण सम्मानबाट सम्मानित भइसकेका छन् भने उनलाई २ पटकसम्म ग्रामी पुरस्कार प्रदान गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top