अफगानिस्तानका 'राष्ट्रपति असरफ घानी जेनेभा प्रस्थान'

विश्व मंसिर १० २०७५ ekhabarnepal
876097678gani

एजेन्सी मङसिर १०, 
 अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नु भएको छ ।

अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ । अफगानिस्तानको विषयमा जेनेभामा हुन गइरहेको विशेष छलफलमा सहभागिताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।अफगानिस्तानको विषयमा जेनेभामा ‘जेनेभा सम्मेलन’ हुन लागेको छ । भोलि मङ्गलबारदेखि दुई दिनसम्म सञ्चालन हुने सो सम्मेनलमा अफगानिस्तानको वर्तमान अवस्था र त्यहाँ तालिबानले चलाइरहेको हिंसा अन्त्यका लागि सो सम्मेलनमा छलफल हुने भएको हो ।

अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार राष्ट्रपति घानीले मङ्गलबार र बुधबार सम्मबोधन गर्नु हुने छ ।सो सम्मेलनमा विभिन्न देश र संघ संगठनका उच्च स्तरीय प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ ।यस छलफलमा अफगान राष्ट्रपतिले विभिन्न देशका राष्ट्रपति तथा सरकार प्रमुखहरुसँग द्वीपक्षीय वार्ता पनि गर्नु हुने बताइएको । युद्धले अक्रान्त भएको देश अफगानिस्तानको विकास र अर्थतन्त्र लक्षित यस सम्मेलनका विश्वका ७० देश अन्तर्राष्ट्रिय संघ संगठनको सहभागीता रहने जनाइएको छ ।अफगान तालिबानसँग संयुक्त राष्ट्रसंघको आह्वानमा शान्तिवार्ताका लागि सरकारले प्रयास गरेको भनिए पनि वार्ता भने हुन सकेको छैन । अफगानिस्तानमा हिंसा अहिले पनि जारी छ । 

प्राप्त प्रतिकृयाहरू

To Top