मोटर उत्पादन कारखाना बन्द गर्दै जिएम:तीन हजार कामदारको रोजगार धरापमा 

विश्व मंसिर १० २०७५ ekhabarnepal
Rojgari xaina 89476902

मोन्ट्रीयल  मङ्सिर१०, 
  जेनेरल मोटर्स (जिएम)ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानाडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार यो कारखाना बन्द हुँदा करिब तीन हजार कामदारको रोजगारी गुम्नेछ । 

च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाई उद्धृत गर्दै जिएमका कारखाना पुनर्संरचना गर्ने योजनामा ओशावाको कारखाना समेत रहेको जनाएको छ । टोरन्टोबाट उत्तरपूर्व करिब ६० किलोमिटर टाढा रहेको ओशावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो । यो कारखानामा हाल करिब दुई हजार ८०० जना श्रमिक कार्यरत छन् । यस कारखानामा चेभ्रोलेट र जिएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्दछ । 

ओशावाका मेयर जोन हेनरीले यो खबर सत्य नहोस् भन्ने चाहेको बताउनुभयो । ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन् । जिएमको नयाँ योजनबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन । गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको छ । यो योजनाबाट अमेरिका, क्यानाडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुनेछन् । यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्नेछ । पहिलो चौमासिकमा जिएमको आय २ अर्ब ५० करोड डलर थियो । अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ । रासस/एएफपी 

प्राप्त प्रतिकृयाहरू

To Top