मृतकका परिवारलाई रकम हस्तान्तरण

समाज मंसिर १० २०७५ ekhabarnepal


बुटवल, मंसिर १० । नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले करेन्ट लागेर मृत्यु हुने दीक्षान्त अर्यालको परिवारलाई सहयोग गरेको छ ।
विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका ,कर्मचारी, विद्यालय र प्लस टु तर्फका विद्यार्थीहरुद्धारा सङ्कलित ७० हजार रकम मृतकका आफन्त शोभाकान्त लम्साललाई हस्तान्तरण गरिएको कुरा शिक्षक नायक अर्जुन प्रसाद पन्थले बताउनुभयो ।
रकम हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले दीप बोर्डिङले गरेको कामको प्रशंसा गर्नुभयो ।  विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले दीप बोर्डिङ हाई स्कूल शैक्षिक क्षेत्रमा मात्र नभएर सामाजिक सेवाको क्षेत्रमा समेत लागिरहेको र निरन्तर रुपमा यस्ता सेवा र सहयोगको कार्यक्रम गरिरहने बताउनुभयो ।
नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता तथा उपप्राचार्यत्रय कलाधर अर्याल, ज्ञानु थापा र सुरेन्द«कुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संञ्चालन पुरूषोत्तम पाण्डेले गर्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top