जेसीआइ बुटवल एकेडेमी सम्पन्न, पब्लिक स्पिकरको उपाधि सृजनलाई 

समाज मंसिर १० २०७५ ekhabarnepal
46516743 1914435755343343 1373305137082138624 o


बुटवल, मंसिर १० । बुटवल जेसीजले सञ्चालन गरेको जेसीआई बुटवल एकेडेमी शनिबार सम्पन्न भएको छ । कार्तिक २९ गतेबाट शुरु भएको कार्यगत तालिममा नेतृत्व र व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । एकेडेमीबाट बुटवलका १० वटा कलेजबाट छानिएका ३९ जनायुवाहरु दिक्षित भएका छन् । 
एकेडेमीका प्रमुख प्रशिक्षक रमेश अर्याल, प्रशिक्षकहरु राजेन्द्र बहादुर जि. सी. र  दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो । 
दिक्षित समारोहमा बोल्दै नेपाल जेसीजका अध्यक्ष श्रीधर बस्यालले राष्ट्रको सपना पूरा  गर्नका लागि पहिले हरेक व्यक्तिले आफ्ना सपनाहरु पूरा गर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले युवाहरुको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै यसलाई निरन्तरता दिइने बताउनुभयो । 
बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले जेसीज तालिम विश्वविद्यालय भएको हुँदा यस वर्ष आफूले तालिमहरुलाई विषेश प्राथमिकता दिएको बताउनुभएको हो । 
एकेडेमीका निर्देशक दिनेश खड्काले युवाहरुकोे अध्ययनसँगै स्वास्थ्य, परिवार, व्यवसाय, जीवनको लक्ष्य निर्धारण सहित व्यक्त्वि विकासका लागि यस प्रकारको अवसर जेसीजले जुटाईदिएको बताउनुभयो । 
कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे,महासचिव चन्द्रमणि भुषाल, अध्यक्ष सल्लाहकार राजीव गौतम, पब्लिक स्पिकर संयोजक आविष्कार खनाल, प्रशिक्षार्थी सरस्वती शर्मा लगायतले बोल्नुभएको थियो ।        
यसैबीच, एकेडेमी  अन्तरगत सञ्चालित पब्लिक स्पिकर बुटवल २०१८ को उपाधि एम्स कलेजका सृजन मल्लले हात पारेका छन् । त्यस्तै दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी,  तृतीय स्थान क्षितिज कलेजका प्रोमिस बान्तवा राई प्राप्त गरेका छन् भने अक्सफोर्ड कलेजका संगमन्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । 
सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कृत गरिएको थियो । 
यसअघि पश्चिय क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक सचेतना अन्तरगत हर्न निषेध ¥याली निकालिएको थियो । 
त्यस्तै, बुटवल जेसीजका पूर्व अध्यक्षहरुसँग भएको अन्तरक्रिया कार्यक्रम अन्तरगत नवराज श्रेष्ठ र प्रदिप उदयसँग एकेडेमीका सहभागीहरुले आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममको सञ्चालनपूर्व अध्यक्ष राजु पौडेलले गर्नुभएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top