तिलोत्तमा मेला ः शनिबार २ करोड कारोबार

अर्थ मंसिर ८ २०७५ ekhabarnepal
News pic


माधब न्यौपाने
मणिग्राम, ८ मंसिर ।
उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा रुपन्देहीको मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको दोस्रो दिन शनिबार मात्र २ करोडको कारोबार भएको आयोजकले जनाएको छ । साथै महोत्सवमा एकैदिन २० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
उनले महोत्सवमा बढ्दै गएको भिडलाई देखेर आयोजकपनि उत्साहित भएको जानकारी दिए । महोत्सवमा हास्य कलाकार दिनेश काफ्लेको प्रस्तुतीले दर्शकको भिड सम्हाल्न हम्मेहम्मे भएको आयोजकले जनाएको छ । उनले विभिन्न नेता, कलाकार, हास्यकलाकार लगायतको क्यारिकेचर गर्दा दर्शकले उनको प्रसंसा गरेका थिए । त्यस्तैगरी राष्ट्रिय लोक तथा दोहोरी गायक नविन पौडे, गायिका उमा गिरी तथा आधुनिक तथा पप गायक कमल खत्री लगायतको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।
यसैबीच शनिबार देखि तिलोत्तमा डान्स आइडलपनि सुरुवात भएको छ । पहिलो दिन टप टेन कलाकारको प्रस्तुती रहेको डान्स आईडल संयोजक लोकेन्द्र शाहले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा आज आइतबार एक जना कलाकार बाहिरिने छन् ।
त्यस्तै शुक्रबार देखि सुरु भएको ५ ए साइड फुटवल प्रतियोगितामा शनिबार पनि तीन खेल भएको खेलकुद तथा अतिरिक्त कृयाकलाप संयोजक सितल ज्ञवालीले जानकारी दिए । २४ टिक सहभागि उक्त प्रतियोगिताको शनिबार भएको सिद्धार्थ युवा क्लब र बुटवल सोसाइटि सपोर्ट ग्रुप बीचको पहिलो खेलमा सिद्धार्थ युवा क्लब १ का बिरुद्ध ५ गोलले विजयी भएको छ । त्यस्तै माउण्ट स्टार फुटवल क्लब र मणिग्राम युनाइटेड बीच भएको दोस्रो खेलमा १ का बिरुद्ध २ गोल गर्दै माउण्ट स्टार विजयी भएको छ भने फुलवारी गायज र फर्साटिकर फुटवल क्लब बीचको तेस्रो खेलमा ३ का बिरुद्ध १० गोल गर्दै फुलवारी गायज विजयी भएको संयोजक ज्ञवालीले जानकारी दिए । आइतबार पनि तीन खेल हुने उनले बताए । 
महोत्सव परिसरमा रहेको रेसुंगा, रीडि कालिगण्डकी र रुरु नमूना प्रदर्शनमा सेल्फी खिच्नेको भीड बढेको छ ।
यसैगरी कृर्षीको पेभिलियन, फुटसल, रानीमहलको पेभिलियन भित्र लुम्बिनीको वृत्तचित्र प्रदर्शन र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सचित्र अवलोकन, बाउन्नकोटी र बनबाटिकाको वृत्तचित्र प्रदर्शन मुख्य आर्कषक रहेको महोत्सव मुल आयोजक समितीको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले जनाए । शनिबार दर्शकको भिडले सम्पुर्ण स्टल व्यवसायीहरुले सन्तोषजनक कारोवार भएको बताएका छन् ।
सास्कृतिक कार्यक्रम संयोजक प्रेम बहादुर घर्तीका अनुसार आज आइतबार लोक तथा दोहोरी गायक भागिरथ चलाउने, गायिका सम्झना भण्डारी, हास्य कलाकार पुरुस्वत्तम भण्डारी (पुर्खे बा), डान्सर विजय गुरुङ र सविता तथा कार्यक्रम संचालकको रुपमा नारायण परियार रहेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top