बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु 

समाज मंसिर ८ २०७५ ekhabarnepal
Accident 984y49068

कावासोती रासस।
 पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा शनिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । 

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

To Top