प्रदेशभाका उम्मेदबार दिपेन्द्र चौधरीको गोली हानी हत्या

समाज मंसिर ८ २०७५ ekhabarnepal
4843611431543020859


कपिलवस्तु,मंसिर ८
कपिलवस्तुमा गोली हानी एक जनाको हत्या गरिएको छ । गत बर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहनुभएका ३० विर्षिय दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरि हत्या गरिएको हो । जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा अज्ञात समुहले हिजो साझ ९ वजे चौधरीलाई गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ । 
३ जनामा आएको समूहले आन्तरिक कारण गोली हानेको र फरार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवी रावलले जानकारी दिनु भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top