बुटवल कालिका कयाम्पसमा बि.सी.ए सञ्चालन: शैक्षिक हब बन्दैछ बुटवल

समाज मंसिर ६ २०७५ रिता काफ्ले
Kalika ma bca

बुटवल मङसिर ६, बुटवल कालिका कयाम्पसमा आज बाट औपचारिक रुपमा बि  सी ए ( ब्याच्लर अफ कम्प्युटर एप्लिकेशन ) का कक्षाहरु सञ्चालन भएको छ ।
त्रिभूवन बिश्वबिद्यालयबाट मान्यता प्राप्त गरि बुटवल कालिका कयाम्पसले यसै वर्ष देखि बि सी ए सञ्चालन गरेको छ ।

बि  सी ए शुभारम्भ  कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनुभएको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले कार्यक्रममा बोल्दै बुटवललाई शैक्षिक हब बनाउनको लागि बुटवल उपमहानगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता ब्याक्त गर्नुभयो। 
बुटवलमा शिक्षाको विकासका निम्ति हामी कसरी जादैछौ भन्न्े कुराको गुरु गोजना बनाइसकेको र अब बिषयगत योजना बनाउन बाकी रहेको कुरा समेत जानकारी गराउनु भयो ।आगामि शैक्षिक शत्र देखि बुटवलका सबै बिद्यालयमा एकै खालको गुणस्तरीय पठन पाठन , सिकाई तथा ब्यबस्थापन बनाउने  र    अबको शिक्षा बिषयगत शिक्षा प्रणाली अनुसार अगाडि लैजाने   कुरा बताउनु भयो। 
अबको प्रभावकारी प्रविधिक सिकाईले स्वयम आफैमा रोजगार सिर्जना गर्ने खालको हुनुपर्ने  कुरामा जोड दिनुभयो। आजदेखि शुरु गरेको अनिवार्य शिक्षाले अबको १० /१५ बर्षसम्म सम्पूर्ण जनशक्तिलाई ईलमशिल र उदध्मशिल बनाई मुलुक समृद्ध बन्नेछ भन्दै नेपाली सबै आफैमा रोजगार सिर्जना गरि मुलुक समृद्ध बनाउने कुरामा आफु बिश्वस्त रहेको बताउनु भयो। 

कार्यक्रममा बोल्दै यो हाम्रो पहिलो वर्ष हो अहिलेनै हामीसँग ३५ जना बिद्यार्थीहरुको सहभागीता रहेकोले आशा छ यस बि सी ए संकायबाट पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सक्नेछौ ।देश समृद्धिका निम्ति आवश्यक दक्ष् तथा लगनशिल बिद्यार्थी वा भबिष्यका कणधार निमार्ण गर्नमा जुटि  रहेकाछौं    ।    समयको माग अनुसार का पठनपाठहरु सञ्चालन गर्न प्रयत्नशिल रहेको कुरा कयाम्पसका प्राचार्य घनश्याम पाठकले बताउनु भयो  ।

प्राप्त प्रतिकृयाहरू

To Top