यूएईमा भएको टी–१० लिगमा 'सन्दीप लामिछानेको सानदार डेब्यू' 

खेल मंसिर ६ २०७५ ekhabarnepal
1526536118 sandip

काठमाडौं मंसिर ६,
यूएईमा  बुधबारदेखि यूएईमा सुरु भएको टी–१० लिगमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्।

बुधबार अबेर राति सारजाहमा भएको खेलमा सन्दीपले केरला किङ्ग्सबाट खेल्दै ३ विकेट लिन सफल भए। सन्दीपको उत्कृष्ट बलिङसँगै केरलाले पाख्तोन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।केरलाविरुद्ध पहिले ब्याटिङ गरेको पाख्तोन्सले १० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन जोड्यो। उसका लागि वेस्ट इन्डिजका आन्द्रे फ्रेचरले सबैभन्दा बढी ३२ रन जोडे। उनलाई केरलाका सन्दीपले इयान मोर्गानको हातबाट क्याच गराए।

सन्दीपले कोलिन इन्ग्रामलाई पनि १ रनको झिनको स्कोरमा उपुल थाराङ्गाबाट क्याच गराए। यस्तै सन्दीपले मोहमद कलीमलाई पनि रन नै जोड्न नपाई केइरन पोलार्डको हातबाट क्याच गराए। सन्दीपले २ ओभरमा ३ विकेट लिन १७ रन खर्चिए।१ सय १० रनको लक्ष्य केरलाले ७।५ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि क्रिस गेलले ७ बलमा १३ रन, पाउल स्टर्लिङले १४ बलमा ४० रन, इयान मोर्गानले २० बलमा नटआउट ४६ रन र केइनर पोलार्डले ६ बलमा नटआउट ११ रन जोडे।अब केरलाले बिहीबार सन्धिजसँग प्रतिस्पर्धा गर्नेछ। 

प्राप्त प्रतिकृयाहरू

To Top