आज डा.केसीकाे डिस्चार्ज हुदै

समाज मंसिर ५ २०७५ ekhabarnepal
Dr kc 96835908678

काठमाडाैं मंसिर ५,
 शिक्षण अस्पतालमा उपचार गराइरहेका डा.गोविन्द केसीलाई बुधबार डिस्चार्ज गरिँदैछ ।

मुटुको नसा च्यापिएका कारण छाती दुखेपछि डा.केसी गएकाे सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा भर्ना हुनु भएको थियो ।स्वास्थ्यमा सुधार भएपछि केसीलाई अहिले केहीबेरमा डिस्चार्ज गर्न लागिएको उहाँको उपचारमा संलग्न डा.अरुण सायमीले जानकारी दिनुभयो । सायमीका अनुसार डा.केसीको मुटुभित्र समस्या नरहे पनि मुटुसँग जोडिएको नशा च्यापिएका कारण छाती दुखेको हो ।धेरै चिन्ता लिँदा बाहिरबाट मुटुको नसा थिचिने भएकाले तनाव नलिन र नियमित औषधि खान सल्लाह दिएको पनि डा.सायमीले बताउनुभयो । धेरै तनाव लिँदा डा. केसीलाई हृदयाघातको जोखिम रहेको पनि उहाँले बताउनुभयाे । 

प्राप्त प्रतिकृयाहरू

To Top