पाल्पामा पुस्तकालय भवन निर्माणका लागि 'जापानी नागरिकद्धारा चार लाख सहयोग' 

अर्थ मंसिर ५ २०७५ ekhabarnepal
9067 8908 paisa

पाल्पा मङ्सिर ५, 
  जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गर्नुभएको हो ।साथै विद्यालयको भूइँबसाइ र ¥याक निर्माणका लागि उहाँले रु ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले बताउनुभयो ।

यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका–५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि रु दुई लाख अक्षयकोष स्थापना गरिदिनुभएको छ ।उहाँले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न रु ५० हजार रकम पनि सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताउनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top