जुनसुकै धर्म मान्ने व्यक्तिले सहिष्णुता, एकता र सद्भाव कायम राख्नु पर्दछ- महामन्त्री लिङदेन

समाज मंसिर ५ २०७५ ekhabarnepal
09093533lingden

भद्रपुर मङसिर ५, 
  वृहत हिन्दुत्व जागरण गर्ने अभियानमा रहेका राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले जुनसुकै धर्म मान्ने व्यक्तिहरुले सहिष्णुता, एकता र सद्भाव कायम राख्नु पर्नेमा जोड दिएका छन् ।

 मुस्लिम समुदायको धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९३ औ जन्म जयन्तीको अवसरमा भद्रपुरमा आयोजित कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ३ का सांसद समेत रहेका लिङदेनले भने, ‘इश्वर, भगवान र अल्लाह छन् भनि हामी जुनसुकै धर्ममा विश्वास राख्ने व्यक्ति भएपनि त्यसप्रति आस्था र सदभाव राख्छौ ।’

उनले भने, “हामीले राम्रा–नराम्रा कामहरु जति गर्छौ, त्यसलाई नदेख्ने आँखा अर्थात परतीर अदृष्य शक्तिले देखिरहेका हुन्छ, त्यसलाई विश्वास गरी हामी धर्ममा आस्था राखेर अघि बढेका छौ ।”‘कुनै पनि इस्लामधर्मालम्बीहरुले गैर हिन्दु भएको कारणले अपेक्षति हुनु पर्दैन, उनले भने ।कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, उपाध्यक्ष मीना पराजुली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्की, नेपाली काँग्रेस क्षेत्रीय सभापति गणेश पोखेरल, राष्टिय प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष राधा कार्की लगायतलको सहभागिता रहेको थियो ।

भद्रपुर ५ स्थित जामा मस्जिद र मदरसा अञ्जुमन इस्लामियाको आयोजनामा धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । मस्जिद परिसरबाट निकालिएको र्यालीमा भद्रपुर बजार, बसपार्क, शहिद चोक हुदै जनता चोकबाट पुनः मस्जिदमा गएर कोणसभा परिणत भएको थियो । र्यालीमा मुस्लिम समुदायका बालबालिका, अगुवा व्यक्तिहरु, नगर क्षेत्रमा मदरसा, मस्जिदमा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको हजरत अलिले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

To Top