'हर्न निषेधित क्षेत्र घोषणा'गरेपछि बुटवललाई 'उज्यालो शहर घोषणा' गर्ने तयारी  

समाज मंसिर ४ २०७५ ekhabarnepal
Btl 89789

   बुटवल मंसिर ४, 
हर्न निषेधित क्षेत्र घोषणा भएको बुटवललाई उज्यालो शहरको घोषणा गर्ने तयारी गरीएको छ । बुटवल उपमहानगरपालिकाले यसै वर्ष बुटवललाई उज्यालो शहर घोषणा गर्ने तयारी गरेको हो ।
उज्यालो शहर घोषणाको तयारीका क्रममा अहिले बिद्युत नभएका स्थान र घरलाई प्राथमिकतामा राखेर बिद्युत जडान कार्य तिब्र पारिएको नगरप्रमुख शिवराज सुबेदीले बताए । नगरपालिकाले मुख्य बजार क्षेत्रका सडक र बजारउन्मुख ग्रामिण क्षेत्रका सडकमा बिद्युत लाइट जडान गरीरहेको जनाएको छ ।

उपमहानगरपालिकाले उज्यालो शहर अभियान अन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायत स्थानमा करिब ४ हजार मिटर विद्युत पोल तथा लाइन विस्तार गरेको छ । “विद्युतको विस्तार संगै हामी सोलार बत्ती जडान कार्यमा लागेका छौ” उप महानगरपालिकाका नगर प्रमुख सुवेदीले भने–“ ८ वटा ट््रान्सर्फमर पनि तामनगर, सेमलार स्थानमा जडान गरिसक्यौ ।”

 त्यस्तै उप–महानगरपालिकाका विभिन्न स्थानमा १ सय ५६ सौर्य सडक बत्ति जडान र ५५ वटा मर्मत गर्ने काम सम्पन्न भएको उनले बताए । पछिल्लो समय सार्वजनिक निजि साझेदारीमा हाइवेका विभिन्न स्थानमा ९ थान सोलार जडित यात्रु प्रतिक्षालय, ६ वटा ट््राफिक आईल्याण्ड र राजमार्ग चौराह देखी पुष्पलाल पार्क हुदैं तिनाउ पुल सम्मको हाइवेमा करिब सय वटा सोलार जडान गर्ने यस अघि नै भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top