प्रधानमन्त्रीको निर्देशनमा 'सुरक्षित सुत्केरी गराउन गंगालाई काठमाडौ झिकाइयो'  

समाज मंसिर ४ २०७५ ekhabarnepal
090780 ganga

काठमाडौ मंसिर ४, 
प्रधानमन्त्री  केपीशर्मा ओलीले मकवानपुरको राक्सिराङ–३ की १२ वर्षीया बालिका गंगा चेपाङको सुरक्षित सुत्केरी गराउन काठमाडौ झिकाउनु भएको छ । 
१२ वर्षकी बालिका गंगा चेपाङ् गर्भवती भएको समाचार विभिन्न अनलाइन  पत्रिकामा प्रकाशित भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको थियो ।‘प्रधानमन्त्रीले १२ बर्षिय चेपाङ् छोरीलाई जसरी हुन्छ सुरक्षित मातृत्व गराउन निर्देशन भएकाले हामीहरुले त्यही अनुरुप बातावरण बनाइरहेको छौ ’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भन्नुभयो । प्रधानमन्त्रीको निर्देशन अनुसार गंगा चेपाङ्गको हिजोदेखी हेटौडाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
हेटौडामा उपचार गराउन सम्भब नभए आजै उनलाई काठमाडौ झिकाउने  तयारी भइरहेको प्रवक्ता कुँबरले बताउनुभयो । 

१२ बर्षिय चेपाङ्ग बालिकालाई सहज ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र रासराङ्ग गाउपालिका औलेका कार्यकारी अधिकृतसँगको सहयोगमा बालिकालाई थप उपचारका लागि हेटौडा हुदै काठमाडौ झिकाइएको हो । ०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग गंगाले भागी बिहे गरेकी हुन । कक्षा ४ मा पढ्दै गरेकी गंगा र कक्षा ३ मा पढ्दै गरेका उनका पतिले विवाह गरेपछि पढन छोडेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top