अस्पतालमा अन्धाधुन्ध गोली चलाउँदा डाक्टरसहित ४ को मृत्यु!

विश्व मंसिर ४ २०७५ ekhabarnepal
Download 685787

काठमाडौं मंसिर ४, 
 अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं छन् ।

नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए भन्ने नखुलेको बीबीसीले जनाएकाे    छ ।मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर, उनले गोली नै किन हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top