तिलोत्तमा प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै

खेल मंसिर ३ २०७५ ekhabarnepal
0000000000

बुटवल मंसिर ३,  

 दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई ओटा खेल हुँदैछन् ।

आज रोयल च्यालेन्जर भैरहवाले लुम्बिनी कासाईसंग तथा नुसी वरिर्यसले बुटवल डाईनामाईट्ससंग खेल्दैछन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा दुइ चरणमा खेल हुनेछन् । यस अघि हिजो लुम्बिनी कसाई र बुटवल डाइनामाईट्स विजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका थिए ।तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्राप्त प्रतिकृयाहरू

To Top