'खसोग्गीको हत्यामा दिइएको यातना'सुन्नै सक्दिन - राष्ट्रपति डोनाल्ड ट्रम्प 

विश्व मंसिर ३ २०७५ ekhabarnepal
7946907890tramp

अमेरिका मङ्सिर ३, 
 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताउनुभएको छ ।

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठीन मानेको राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा बताउनुभएको छ ।श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उहाँको कथन थियो । आफुलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसकेको उहाँले प्रष्ट पार्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top